
चितवन । चितवनमा स्थानीय निर्वाचनको सरगर्मी उचाईमा पुगेको छ । सातवटा स्थानीय तहमा नेताहरुले मेयर,उपमेयर,वडाध्यक्ष र वडासदस्यको पदमा प्रतिस्पर्धाको लागि आकाँक्षा व्यक्त गरिरहेका छन् । सात पालिका मध्ये चितवनको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा दावी गर्ने नेताहरुको संख्य १८ रहेको छ । ति १८ जना मध्ये माधव अर्यालको नाम चर्चामा छ । २०७४ सालको निर्बाचनमा रुपनराज घिमिरेलाई छाडेका अर्याल यस पटकको निर्वाचनमा भने आफै अघि सर्ने योजना सहित मेयरमा दावी पेश गरेका छन् । २०५४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित अर्याललाई नगरको विकासको आवश्यकताको विषयमा जानकार नेता हुन । पार्टीका पूर्व जिल्ला समिति सदस्य समेत रहेका अर्यालले टिकटा पाए जित्ने सम्भावना सत प्रतिशत रहेको छ । आन्तरिक एकता कायम गर्दै नगरमा कांग्रेसलाई जिताउनु पर्छ भनेर विगतका निर्वाचनमा त्याग गर्दै आएका अर्याल नगरबासी र पार्टीपंक्तिले पनि रुचाएका नेताहुन ।
को हुन् त अर्याल ?
अर्याल पुराना नेता हुन् । चितवनका उनी परिपक्क नेताको रुपमा परिचित छन् । उनी राजनीतिक परिवारका व्यक्ति हुन् । पञ्चायती शाशक विरुद्ध लुकी लुकी उनको परिवारका पिता, दाजु स्वयम् उनी संगठन विस्तारमा खटिएका थिए । उनका स्वं पिता सोवर्ण प्रसाद अर्याय तत्कालीन रत्ननगर ९ का २ कार्यकाल सम्म निर्विरोध वडा अध्यक्ष थिए । उनका पिता स्वं सोवर्ण हालको कपरफोरी माविका संस्थापक पनि हुन् । सामाजिक अभियान्ताका रुपमा जनमनमा बस्न सफल उनी कुशल संगठनकर्ता तथा शालिन र भद्र छन् । उनको शालीनताका कारणले विपक्षीहरुको मत समेत खाने विश्लेषकहरुको भनाई छ । कम बोल्ने अर्याल सबैलाई बराबर महत्व दिन्छन् । समाजका हरेक घटना क्रममा आफ्नो आर्को नभनी न्यायको पक्षमा सतिसाल झै उभिन्छन् । समाजमा वौद्धक र तार्किक व्यक्तिको रुपमा परिचय बनाएका छन् । निष्ठाको राजनीति गर्ने अर्याल विद्यार्थी जीवनवाट नै सबैले आश गरेका सरल, ईमान्दार क्षमतावान व्यक्तिका रुपमा चिनिन्छन् ।
राजनैतिक यात्रा
२०३५ सालबाट नै नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका आर्याल २०४२ सालको सत्याग्रहमा पनि सहभागी बनेका थिए । निरंकुश पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोनमा सक्रिय रुपमा सहभागी बनेका उनी २०५१ सालमा नै साबिक क्षेत्र नं २ चितवनका सचिव थिए । उनी रत्ननगर ७ को निर्वाचित संस्थापक वडा अध्यक्ष समेत हुन् । त्यस समयमा उनले रत्ननगर नगर पालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रतिपक्षको नेतृत्व पनि गरेका थिए । उनी साविक क्षेत्र नं २ को २०६४ सालमा निर्वाचित सभापति समेत हुन् । उनी नेपाली कांग्रेस चितवनको पूर्व जिल्ला सदस्य समेत रहेका उनी जनआन्दोलन २०६२, २०६३ मा सक्रिय रुपमा सहभागी भएका थिए । राज्यद्वारा तात्कालीन समयमा आतंककारी घोषित माओवादीको रातो सूचिमा समेत परी परिवार र आफ्नो रक्षाको लगि चितवनबाट विस्थापित भएको उनी सम्झन्छन् । त्यस समयमा उनी निर्वाचित वडाध्यक्ष थिए । उनी गत स्थानीय निर्वाचनमा पनि कांग्रेसको तर्फबाट मेयरको लागि निकटतम आकांक्षी पनि थिए ।
सामाजिक सम्बन्ध
उनी टिकौली मध्यवर्ती समुदायिक वनका संस्थापक अध्यक्ष समेत हुन् । उनी रोटरी क्लव अफ रत्ननगरको २०७२ का अध्यक्ष समेत हुन् । उनी गायत्री हरिहर मन्दिर रत्ननगरका संस्थापक गुठीदाता समेत हुन् । नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य समेत रहेका उनी विभिन्न स्थानीय विद्यालय, शहीद स्मृति बहुमुखी क्याम्पस, बकुलहर रत्ननगर अस्पतालको पूर्व सदस्य ,सहकारीहरु लगायत करीव २ दजर्न सामाजिक संस्थाहरुको संस्थापक तथा नेतृत्वमा रहेर कार्य गरिसकेका छन् ।
लक्ष्य
अर्याल विकाशप्रेमी नेता हुन् । चितवन ७८ औ जिल्लाको रुपमा पनि चिनिने हुनाले जातीय तथा सामाजिक विभेदको अन्त्य गर्दै सामुदायिक सद्भाव कायम गर्ने उनको लक्ष्य छ । पूर्वी चितवनलाई एउटा पर्याटकीय हवको रुपमा विकाश गर्दै सौराह,सिराईचुली , परेवाकोट ,राप्ती , बुढी राप्ती , लौरिघोल , बुढी कुलो, खगेरी खोला, कयर खोलालाई व्यवस्थित बनाउदै पैदय यात्रा , साइकल लेन , नदी नियन्त्रण विषयमा विशेष ध्यान दिने उनको लक्ष्य छ , आवश्यक मल खाद र सिँचाईको उचित व्यवस्थापन गरी बजारको राम्रो व्यवस्था गरी कृषि उपज माफर्त रत्ननगरलाई समृद्ध बनाउने योजना छ । ग्याँस र पेट्रोलियम पदार्थमा भैरहेको पर निर्भरता कम गर्न इलेक्ट्रिक चुलो , गोवर ग्याँस, इलेक्ट्रिक साइकलमा अनुदानको व्यवस्था गर्ने । वृद्धवृद्धाहरुको लागि योगदानमा आधिरित विमा र पेनशन मार्फत सेवा सुविघा उपलब्ध गराउने उनको लक्ष्य छ । सुकुम्वासी लगायत अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउदै पर्यावरण संरक्षणमा लाग्ने उनको उद्देश्य छ । हाल सम्म गफमा मात्रै शीमित रत्ननगरको रिङरोडमा विशेष ध्यान दिने उनको योजना छ ।