आशिष अधिकारी
भरतपुर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हुनाले भरतपुर माहानगर माओबादिलाइ दिन सकिने संकेत गरेका छन । बिहिवार भरतपुर बिमानस्थलमा प्रत्रकारहरु सग कुराकानी गर्दै सिंहले अहिलेको अबस्थामा गठबन्धनमा तल माथी गर्न नमिल्ने हुँदा भरतपुर माओवादीलाई दिन सक्ने तर्फ पार्टी अगाडि बढेको बताए । गठबन्धन भित्रका सबै दलहरु चुनावी तालमेलको लागि लचिलो हुनु पर्नेमा उनले जोड दिए।
महानगर र उपमहानगरपालिकामा कसको उम्मेद्बार हुने भन्ने कुरा केन्द्रले निर्णय गर्ने भएकोले चाँडैनै यस बारेमा टुंगो लाग्ने उनले बताए । उनले भने, ‘कसले कहाँ उम्मेद्बारी पाउने भन्दा पनि कसरी गठबन्धनलाइ बलियो बनाउन र धेरै स्थानमा बिजय गर्न सकिन्छ त्यो महत्त्वपूर्ण कुरा हो।’
भरतपुरको बारेमा जिल्लाका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुलाइ भेट गरेर एक किसिमको समझदारी बनिसकेकोले विवाद नरहेको उनको भनाइ थियो।















