चितवन । चितवनका वरिष्ठ हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ तथा भरतपुर अस्पतालका मेसु डा.कृष्ण पौडेल प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रको गौरव एंवम नेपाली जनताको हित अभिबृद्धिमा गरेको योगदानको उच्च मुल्याङ्न गर्दै चतुर्थ श्रेणीको सो पदकबाट डा.पौडेललाई विभूषित गरेकी हुन ।

राष्ट्रपति भवन शीतल निवासमा आज (बिहीवार) राष्ट्रपति भण्डारीले मेडिकल क्षेत्रमा पुर्याएको योगदान स्वरुप डा. पौडेललाई सो पदक हस्तान्तरण गरेकी थिइन । हाल भरतपुर अस्पतालका मेसु समेत रहेका पौडेललाई २१ वर्ष देखि मेडिकल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सरकारले विभूषित गरेको हो ।

बि.सं. २०५७ साल देखि चिकित्सक सेवामा लागेका डां पौडेलले भरतपुर अस्पतालमा नियमित अप्रेशन सेवा सुरु गर्ने देखि लिएर बिस्तारित अस्पताल सेवा सञ्चालन गर्न मुख्य भुमिका खेलेका थिए । २०७१ साल देखि २०७४ साल सम्म रत्ननगर अस्पतालको मेसु समेत रहेका डा. पौडेल २०७५ साल असोज देखि २०७६ साल जेष्ठ सम्म पहिलो पटक भरतपुर अस्पतालको मेसु बनेका थिए भने हाल दोस्रो पटक पनि उनि सो अस्पतालको मेसु पदमा कार्यरत रहेका छन् । डा. पौडेल चितवनमा रहेर हालका दिनमा पनि उनि भरतपुर अस्पतालको बिकासमा तल्लिन रहेका छन् ।

तपाईको प्रतिक्रिया