बिष्णु प्रसाद काप्री (मुस्कान)
चितवन । भारतिय ट्रकको ठक्करबाट रत्ननगरको भानुचोकमा एक छ बर्षिया बालकको मृत्यु भएको छ । आज (बुधबार) दिउसो करिब ०३ः१० बजेको समयमा रत्ननगर न.पा. ९ भानुचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको भारतिय नम्बर प्लेटको ट्रकले विपरीत दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा साइकलमा सबार ६ वर्षिया बालकको मृत्यु भएको छ भने साइकल चालक घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रत्ननगर न.पा.१० बस्ने राम बहादुर परियारको ६ वर्षिया छोरा प्रिन्स परियारलाई उपचारको लागी भरतपुर तर्फ ल्याईएकोमा भरतपुर सरकारी अस्पतालले मृत घोषणा गरेको थियो । साईकल चालक बारा जिल्ला जितपुर ६ घर भई हाल चितवन रत्ननगर न.पा. ९ भानुचोक बस्ने शेख एकवालका छोरा १६ बषिर्या राजा भनिने सौगात अलीको टाउको, हात, पेट, ढाडमा चोट लागेको र उनको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते अलीको हाल पुरानो मेडीकल कलेजमा उपचार भई रहेको प्रहरीको भनाई छ ।

प्रहरीले ट्रक चालक भारत जिल्ला बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएका वर्ष ३० का मोनु कश्यप र ट्रकलाई ईलाका प्रहरी कार्यालय टांडीको नियन्त्रणमा राखिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया