महेश पाण्डे
चितवन । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा रत्ननगर नगरपालिकाको गठबन्धनबाट मेयर पदका उम्मेदवार प्रल्हाद सापकोटा तथा उप–प्रमुख पदका उम्मेदवार बद्री घिमिरेले अग्रजको आर्शीवाद लिएर चुनावी अभियानको सुरुवात गरेका छन् ।

रत्ननगर–१ मा रहेको हरिहर मन्दिरमा स्वस्ति वाचन सहित अग्रजको आर्शीवाद लिएर सापकोटा र घिमिरेले गठबन्धनको चुनावी अभियानको सुरुवात गरेका हुन् । नेपाली कांग्रेसबाट मेयर पदमा सापकोटा र नेकपा एकिकृत समाजवादीबाट उप–मेयर पदमा घिमिरेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै घरदैलो अभियानको सुरुवात गर्दै मेयर पदका उम्मेदवार सापकोटालले मेयर र उप–मेयर पदमा गठबन्धनबाट उम्मेदवारी रहेको जानकारी जानकारी दिदै समग्र नगरको बिकासको लागि यस पटक मेयर पदमा रुख चिन्ह र उप मेयर पदमा कलम चिन्हमा मतदान गरि आफ्नो टिमलाई बिजयी गराउन सबैमा आग्रह पनि गरे ।

हेरौँ घरदैलो अभियानको फोटोहरुः


तपाईको प्रतिक्रिया