चितवन । रत्ननगर–९ मा नेकपा माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र रत्ननगर–९ का अध्यक्ष नन्दलाल रेग्मी र सचिव विष्णु प्रसाद पोख्रेलले संयुक्त रुपमा एक प्रेस बिज्ञप्ति जारी गर्दै सो वडामा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिएका हुन् ।

यस अघि गत बैशाख २१ गते सो वडाले गठबन्धनका उम्मेदवारलाई नसघाउने निर्णय गरेको भएतापनि शुक्रबार बसेको वडाको बैठकले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरिएको सो बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया