चितवन । चितवनमा अज्ञात समुहद्धारा हत्या गरिएका काँग्रेस वाग्मतीप्रदेश प्रतिनिधी अनिल परियारको घटना प्रति जिल्ला स्थित ५ दलिय गठबन्धनले दोषी पत्ताल गाई कडा सजाय गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

५ दलिय गठबन्धनमा रहेका नेताहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटना प्रति ध्यानाकर्षण भएको भन्दै यसरी निर्वाचन प्रसार प्रसारको सिलसिलामा खटिरहेको एक युवा माथि सुनियोजित र सांघातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले स्तब्धएवं मर्माहित बनाएको उल्लेख गरेको छ । विज्ञप्तीमा श्रंखलाबद्ध तवरबाट एक हप्ता यता बालकुमारी नर्सिङ कलजेमा आक्रमण, २ दिन अगाडी खैरहनी पर्सा बजार एक युवकमाथि सांघातिक आक्रमण, भरतपुर ७ मा आईतबार अनिल परियार हत्याकाण्डले जिल्लाको सुरक्षा संवेदनशिलतामा गम्भीर प्रश्न चिन्ह उठाएको भन्दै घटना प्रति खेद व्यक्त गरिएको छ ।

कांग्रेस चितवन सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपाने, संघिय परिषद सदस्य लोकबहादुर गुरुङ र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष अमरबहादुर क्षेत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानियतहको निर्वाचनहुन केही दिन बाँकी रहेको अवस्थामा यस्ता गम्भीर प्रकृतिका घटनाहरुले निर्वाचनमा हुने सुरक्षा संवेदनशिलता मा गम्भीर प्रश्न उठाएको छ ।’

भयरहित शान्तीपूर्ण निर्वाचनका निम्ति सुरक्षा व्यवस्था तयारी गर्न सरकार समक्ष जोडदार माग गर्दै भनिएका छ, अन्यथा, यस्ता घटनाहरुबाट श्रृजना हुने सम्पुर्ण परिस्थितीको जिम्मेवार स्यवं प्रशासन जिम्मरेवार हुनेछ ।

तपाईको प्रतिक्रिया