महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकामा स्थानिय तह निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । करिब ५२ हजार ६ सय ४२ जना मतदाता रहेको रत्ननगर नगरपालिकामा निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको रत्ननगरका निर्वाचन अधिकृत बिनोद कुमार गौतमले जानकारी दिए ।

उनले रत्ननगरका १६ वटै वडामा गरि ६० ठाउँमा मतदान स्थल निर्माण गरिएको बताए । गौतमले नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै प्रत्येक मतदान स्थलमा सहायक निर्वाचन अधिकृत १ जनाको नेतृत्वमा ६० जना र अन्य कर्मचारी १९० जना र मतदान स्थल सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।

गौतमले मतदान बिहान ७ बजे सुरु हुने र बेलुका ५ बजे सम्म सञ्चालन हुने जानकारी दिए । उनले मतदान कार्य सम्मन्न भएपछि मत पेटिकालाई सुरक्षित रुपमा रत्ननगर नगरपालिमामा राखिने जानकरी दिदै मतगणना भने सोही दिन हुने वा नहुने सर्वदलिय बैठक बसेर मात्रै निधो गरिने बताए ।

गौतमले मतगणना स्थलमा सुरक्षाको लागि तारजाली र सिसी क्यामरा जडान गरि सकिएको जानकारी दिदै त्यसबाहेक पनि मत नतिजाको जानकारी दिनको लागि माइकिङ्गको ब्यवस्था पनि गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया