चितवन । रत्ननगर-१ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका कुल प्रसाद सापकाेटा सहितकाे प्यानलनै बिजयी भएकाे छ । २२९५ मत खसेकाे यस वडामा सापकोटाले २२७ काे मत अन्तरले वडा अध्यक्षमा बिजयी भएका हुन् ।

सापकोटाले ९१३ मत प्राप्त गरेका छन् भने उनकाे प्रतिद्वन्द्वी एमालेका शालिकराम पराजुलीले ६९३ मत प्राप्त गरे ।

वडामा मेयर र उप मेयरमा गठबन्धन भएपनि वडा अध्यक्ष र सदस्यमम दलहरुमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा भएकाे थियाे । याे वडामा सदस्यमा पनि नेपाली कांग्रेसकाे प्यानलनै बिजयी भएकाे छ ।

रत्ननगर वडा नं १ का बिजयी उम्मेदवार हरु :
वडा अध्यक्ष कुल प्रसाद सापकोटा ९१३
महिला सदस्य उमादेवी सुवेदी ७८३
दलित महिला सदस्य बिन्दु मग्राती ८०९
खुला सदस्य गिरिराज लम्साल ७५३
खुला सदस्य सुर्य बिक्रम चौधरी ७२३ ।

तपाईको प्रतिक्रिया