महेश पाण्डे
चितवन । रत्ननगर नगरपालिकामा पदभार ग्रहण गर्दै नव नियुक्त नगर प्रमुख प्रल्हाद सापकाेटले ४ वटा निर्णय गरेका छन् । आज नगर प्रमुख पदकाे पदभार ग्रहण गर्दै सापकाेटाले ४ वटा निर्णय गरेका हुन् ।

नगरपलिकाका कार्यकारी अधिकृत शिशिर पाैडेलले नगर प्रमुख सापकाेटाले गरेका निर्णय पढेर सुनाएका थिए ।
निर्णयहरु यस्ता रहेका छन् ।
१. नगरमा दुग्ध उत्पादक किसानहरुलाई प्रति लिटर १ रुपैया अनुदान दिईने ।
२. नगरमा रहेका गरिव तथा बिपन्न परिवारका सदस्यलाई निशुल्क स्वास्थ बिमा गरिने ।
३. काम हुन नसकेर बजेट अलेया जाने कुराकाे अन्त्य गरि काम चलेकालाई गरिने, निर्णय गरे पनि सुरुनै नभएकालाई अगाडि नबढाउने र काम गर्न सकिने नया याेजना बनाई मात्रै अगाडि बढाइने ।
४. घाँस खेति गर्ने किसानलाई प्रति गठ्ठा २ हजार अनुदान दिइने ।

तपाईको प्रतिक्रिया