महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगर वडा नं. ३ मा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसले प्रयोग गर्दै आएको ३ कठ्ठा १५ धुर जग्गा ब्यक्तिको नाममा गएपछि अहिले बिवाद सिर्जना भएको छ ।

सोही कुराको जानकारी दिन आज (शुक्रबार) क्याम्पस सभाहलमा गरिएको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख धर्मदत्त तिवारीले केहि जग्गा ब्यवसायीले आर्थीक चलखेल गरि क्याम्पसले करिब ४० वर्ष देखि उपभोग गर्दै आएको सो जग्गा ब्यक्तिको नाममा गराएको बताए ।

उनले बि.सं. २०३७ सालमा क्याम्पसले जग्गा दाता दुर्गा देवी श्रेष्ठबाट खरिद गरेको कित्ता नं. ३६९ को ४ बिगाह जग्गा र सोही जग्गामा सँगै रहेको ३ कठ्ठा १५ धुर जग्गा भने मोही भएकाले मोही नछुटाई नामसारी गर्न नमिले पछि मोही छुटेपछि दान स्वरुप क्यापसलाई दिने सहमतीमा तारवार गरि प्रयोग गर्दै आएको जानकारी दिए ।

तिवारीले सो जग्गा क्याम्पसले ४० वर्ष देखि प्रयोग गर्दै आएको जग्गामा जग्गादाता र हकवालाबाट कुनै किसिमको असहमती नरहेको साथै क्पाम्पसको तारबार भित्र रहेको र चिरभोग गरेको आधारमा पनि कानुनी रुपमा स्वतः क्याम्पसको हुने जिकिर गरे ।

उनले क्याम्पसको उक्त जग्गालाई भोलानाथ नेपालकी पत्नि अर्पना नेपाल र कमलचन्द्र खनालकी पत्नि सुमित्रा खनालले २०७३ सालमा संयुक्त रुपमा जग्गाको अवस्थिति हेर्दै नहेरी वा क्याम्पसको हकभोगको भएपनि कब्जा गर्न सकिन्छकी भन्ने मनसायले खरिद गरेको देखिएको बताए । उनले सदियारेको हैसियत र कानुनी आधारमा पनि क्याम्पसले जग्गा दातासँग जग्गा खरिद गर्न पाउनु पर्ने जिकिर गरे ।

उनले २०७३ सालमानै जग्गाको खरिद बिक्रि भएको भएपनि ५ वर्ष पछि मात्रै क्याम्पसले थाहा पाएको बताए । तिवारीले भोला नेपालकी पत्नि अर्पना नेपालले क्याम्पसको हकभोग भएपनि जिल्ला अदालतमा संचालक समिति अध्यक्ष, क्याम्पस प्रमुख र क्याम्पस बिरुद्धमा क्याम्पसले हकभोग गर्न दिएन भनेर निषेधाज्ञा जारी गरि पाउँ भनि उजुरी दिएको मा आफुहरुले सबै प्रमाण अदालतलाई बुझाएको भएपनि अदालतले निषेधाज्ञालाई निरन्तरतालाई जारी गरेकोमा चित्त नबुझेमा ३० दिन भित्र पुनरावेदनमा जान सकनिे भनेकाले आफुहरु पुनरावेदन अदालत हेटौडामा गइसकेको जानकारी दिए ।

उनले जिल्ला अदालतको फैसला आएको ५ दिनमानै अर्पना नेपालका पति भोला नेपालले ४०/५० जनाको समूहमा क्याम्पसमा आइ हुलुज्जत गरि, तारबार काटी आफुखुसी अमिन ल्याई जग्गा छुट्याउन खोज्दा प्रहरीलाई खबर गरिएको र त्यसपछि उनिहरु तितर बितर भएको जानकारी दिए ।
उनले कुनैपनि हालतमा क्याम्पसको हकदावी लाग्ने जग्गा कसैलाई गलत मनसायले प्रयोग गर्न नदिने जिकिर गर्दै असार ५ गते बिहान ८ बजे तारबारलाई पुनः पुरानै ठाउँमा लगाइने बताए ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष रामबावु घिमिरेले अब यो बिषय पुनरावेदन अदालतमा रहेको बताउदै क्याम्पसले २०७३ सालको मुल्यमा सो जग्गा किन्न तयार रहेको तर जग्गा छोड्न भने तयार नभएको जिकिर गरे ।

जग्गा संरक्षण र विवाद समाधान समितिका संयोजक तथा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारीले केहि भुमाफियाको संलग्नतामा क्याम्पसको जग्गा हडप्ने प्रयास भएकाले यसको संरक्षण गर्न र पुरानै मुल्यमा किनेर भएपनि क्याम्पसको जग्गा संरक्षण गरिने बताए ।

क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष ईश्वरी अर्यालले ४० वर्ष देखि क्याम्पसको रहेको जग्गामा सोही अनुसार तारबार पनि गरिएको बताउदै एक्कासी आएर तारबारनै भत्काएर जग्गा आफ्नो भनेर कब्जा गर्न खोज्नु जायज नभएको बताउदै कुनै हालतमा क्याम्पसले सो जग्गा अरुलाई दिन नसक्ने धारणा ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया