रत्ननगर ०८ असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ काउलेका चेपाङ समुदायलाई मंगलवार अम्रिसोको विरुवा वितरण गरिएको छ ।

सपना भिलेज सोसल इम्प्याक्टले सञ्चालन गरेको सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजनाले १०० जना किसानलाई ५० हजार विरुवा वितरण गरेको हो । काउलेमा आयोजित कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक सुजन बस्नेतले विरुवा हस्तान्तरण गरेका थिए ।

सीमान्तकृत चेपाङ समुदायको जीविकोपार्नन र आयआर्जनको लागि अम्रिसोको विरुवा वितरण गरिएको बस्नेतले बताए । केही समयपछि चेपाङ समुदायलाई ५० हजार डालेघाँस र ६ हजार सुन्तला र कागतीको विरुवा वितरण गर्ने योजना रहेको कार्यक्रम निर्देशक बस्नेताले बताए । सपना भिलेन सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले व्यवसायिक रुपमा खेतीगर्ने गरी अम्रिसोको विरुवा वितरण गरिएको बताए ।

परियोजनाले चेपाङ समुदायको जीवन स्तर उकास्न विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । प्रतियोगिताले जीवनशैली र पारिवारिक वाताबरणमा सुधार आएको छ । परियोजनाले चेपाङ समुदायको शिक्षा,स्वास्थ्य,खानेपानी र जीविकोपार्ननको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष गिरीले बताए । साढे दुई बर्ष अघि सुरु भएको सो परियोजनाले काउलेका ६६५ परिवार लाभाम्वित छन् ।

तपाईको प्रतिक्रिया