महेश पाण्डे
चितवन । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित ११औँ नगरसभामा सापकोटाले बिभिन्न १३ वटा निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सापकोटाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, पर्यटन बिकास, सामाजिक सुरक्षा, भौतिक पुर्वाधार तथा बिकास, बालबालिका, युवा तथा खेलकुद, सुशासनको प्रत्याभूति, स्थानिय कला, संस्कृति, साहित्य र भाषाको संवद्धन, सूचना सञ्चार तथा प्रविधि सम्बन्धि निति, अनुसन्धान, उद्योग व्यवसाय सम्बन्धि निति र वातावरण तथा बिपद ब्यवस्थापन निति रहेका छन् ।
सोही नगर सभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठकले १ अर्व ३७ करोडको बजेट प्रस्तुत गरेका छन् । पाठकले सार्वजनिक गरेको बजेटमा आगामी आर्थिक वर्षमा कूल रु १ अर्व ३७ करोड ९८ लाख व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये आर्थिक विकासतर्फ रु १ करोड ६४ लाख ५२ हजार, सामाजिक विकासतर्फ रु २ करोड ५ लाख ६५ हजार, पुर्वाधार विकासतर्फ रु २ करोड ४६ लाख ७८ हजार, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ रु ७१ लाख ९८ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु ३० लाख ८४ हजार, समपुरक तर्फका योजना तथा कार्यक्रमतर्फ रु ३ करोड ८ लाख ८४ हजार, अन्य निकायका योजना (जि.स.स सडकवोर्ड) तर्फ रु २ करोड ७३ लाख, समाजिक सुरक्षा तर्फ ३० करोड, प्रदेश पूर्वाधार विकास साझेदारीतर्फ रु २ करोड ६७ लाख, नगरका गौरव योजनातर्फ रु ३ करोड ८ लाख ४८ हजार, प्रशासनिक तथा चालु खर्चतर्फ रु २२ करोड ५० लाख, सशर्त (संघिय र प्रदेशतर्फ) रु ३७ करोड ८१ लाख र वडागत चालु पुजितर्फ १५ करोड ९९ लाख गरी जम्मा रु १ अर्व ३७ करोड २७ लाख खर्च हुने पाठकले प्रस्तुत गरेको बजेटमा अनुमान गरिएको छ ।
त्यस्तै बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य नगर गौरवका योजनामा सहकारी संस्थालाई दुधमा प्रतिलिटर रु १ का दरले अनुदाका लागि रु १ करोड, घाँसको विउँ प्रति कठ्ठा अनुदानका लागि रु ५० लाख, अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमाका लागि रु १ करोड १० लाख, नगर प्रमुख उद्यमशिलताका लागि रु १ करोड, बागदेवी आधारभूत इन्जिनियरिङ कलेज व्यवस्थापनका लागि रु ३५ लाख, उज्यालो रत्ननगर अभियानका लागि रु ७० लाख कृष्णसार संरक्षण अभियानका लागि रु २० लाख, जग्गा भाडामा लिई खेती गर्न प्रोत्साहनका लागि रु ५० लाख, गरीव तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक विषयमा ५० प्रतिशतसम्म छात्रवृद्धिका लागि रु ५० लाख र अति विपन्न वर्गको औँषधी उपचारका लागि रु ३० लाख विनियोजन गरिएको छ ।
पाठकका अनुसार आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु १ अर्व ३२ करोड ३४ लाख र ११ करोड ९१ लाख ४९ हजार, राजस्व बाँडफाँट रु २० करोड ४ लाख ३१ हजार, आन्तरिक आय रु ११ करोड जनसहभागिता रु १० करोड हुने बजेटमा अनुमान गरिएको छ ।
नगररपालिकाको १६ वटै वडाको लागि बजेटमा ब्यवस्था गरिएको छ । जस अन्र्तगत वडा नं १ का लागि रु १ करोड १ लाख ८ हजार, वडा नं २ का लागि रु १ करोड ८१ हजार, वडा नं. ३ तर्फ रु ९७ लाख ३५ हजार, वडा नंं. ४ का लागि रु ९८ लाख ७० हजार, वडा नं. ५ का लागि रु ९६ लाख ७१ हजार, वडा नं. ६ का लागि रु १ करोड ४ लाख ७७ हजार, वडा नं. ७ का लागि रु ९८ लाख ५४ हजार, वडा नं. ८ का लागि रु ९७ लाख ८४ हजार, वडा नं. ९ का लागि रु ९९ लाख ३२ हजार, वडा नं. १० का लागि रु १ करोड ३७ हजार, वडा नं. ११ का लागि रु १ करोड ६ लाख ९३ हजार, वडा नं. १२ का लागि रु ९९ लाख ४० हजार, वडा नं. १३ का लागि रु १ करोड १ लाख ९८ हजार, वडा नं. १४ का लागि रु १ करोड ९१ हजार, वडा नं. १५ को लागि रु ९६ लाख ६८ हजार र वडा नं. १६ को लागि रु ९७ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।