चितवन । माडीमा धारिलो हतियार प्रहार गरी छाेराले आफ्नै आमाकाे हत्या गरेका छन् । आज (साेमबार) दिउसाे ०३:१५ बजेको समयमा माडी न.पा ६ स्याउलिवास स्थित आफ्नै घर देखी १०० मिटर पर मकैवारीमा छाेराले आमाकाे धारिलो हतियार प्रहार गरि हत्या गरेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्याउलिवासमा बस्ने बर्ष ५५ की माया देवी तामाङ्लाई उनकै छोरा बर्ष ३७ का अर्जुन तामाङ्ले पछाडीबाट धारिलो हतियार प्रहार गर्दा उनकाे घटनास्थलमै मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय भरतपुरका अनुसार अहिले साे स्थानमा ईप्रका माडी बाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटी धारिलो हतियार प्रहार गर्ने तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
ईप्रका माडीबाट अन्दाजी ८ कि.मि पुर्व दक्षिण पर्ने उक्त स्थानमा मृतक मायादेवीकाे सव घट्ना स्थलमानै रहेकाे र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया