रत्ननगर । रत्ननगरमा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं स्थापना दिबसको अबसरमा रत्ननगर अस्पताल सहित चारवटा सामाजिक संस्थालाई सहयोग गरेको छ ।

रत्न्नगर ११ मा रहेको गामबेशीको चेप्पाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालबालिकाहरुको लागि रु. ३० हजार बराबरको शैक्षिक सामाग्री, रत्ननगर १३ मा रहेको श्रीराम बैद्धिक संस्कृत गुरुकुलममा अध्यनरत बटुकहरुको लागि रु २० हजार बराबरको शैक्षिक सामाग्री, रत्ननगर १ मा रहेको गायत्री हरिहर बेद बेदाङ्ग संस्कृत गुरुकुलममा अध्यनरत बटुकहरुका लागि रु. २० हजार बरावरको शैक्षिक सामाग्री सहयोग गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी दिए ।

त्यसैगरी पूर्वी चितवनको एक मात्र सरकारी रत्ननगर अस्पतललाई तीन सेट स्टील बेन्च सहयोग गरिएको छ । अस्पतालमा आउने बिरामी तथा कुरुवा बिश्रामको लागि बेन्च सहयोग गरिएको लामिछानेले बताए । चार वटै संस्थामा आयोजित छुट्टा छुट्टै कार्यक्रममा सहकारीका अध्यक्ष प्रेमकृष्ण खनालले सम्बन्धित संस्थाका प्रमुखहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । सो अबसरका अध्यक्ष खनालले सहकारीको संस्थागत सामाजिक सहयोग कार्यक्रम अन्तर्गत स्थापना दिबसको अबसर पारेर चार सामाजिक संस्थालाई सहयोग गरिएको बताए ।

चितवन जिल्लाकै उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित सो सहकारीको शेयर सदस्य १२ हजार ११४ रहेका छन् । सो सहकारीको कुल पूँजि २ अर्व ५ करोड,शेयर पूँजि १६ करोड ४० हजार,जगेडा तथा संस्थागत कोष १३ करोड ३९ लाख, ऋण लगानी १ अर्व ७१ करोड,बचत संकलन १ अर्व ५७ करोड रहेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष भिष्मराज खनाल, कोषाध्यक्ष जनकराज पौडेल, लेखा सुपरिवेक्षण समिति संयोजक रबि प्रसाद सुवेदी, सञ्चालक सदस्यहरु चन्द्रिका महत केसी,केशबप्रसाद रिजाल, अनिता देवि आचार्य, शोभा ओली शर्मा, राधिका देवि तिमिल्सिना, अमृतराज भण्डरी, रामशरण नेपाल, रामहरी अधिकारी, सामाजिक सेवा उपसमिति संयोजक हरिभक्त घिमिरे,सदस्यहरु सरला सुवेदी, बिजयराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया