चितवन । रत्ननगरमा ५ देखि ११ वर्षका करिब ९ हजार बालिकाहरुलाई कोरोना बिरुद्धको फाइजर खोप लगाइएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिएको जानकारी अनुसार रत्ननगरका बिद्यालयमा रहेका ५ देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई यहि असार ९ देखि १५ गते सम्म अभियाननै सन्चालन गरि १६ वटै वडामा ४४ ओटा स्कुलमा खोप केन्द्र बनाई कोरोना बिरुद्धको फाइजर खोप को पहिलो मात्रा दिइएको हो ।

फाईल तस्विर

पौडेलका अनुसार खोप दिईएकामा छात्रा ४७३० र छात्र ४९११ गरि जम्मा ९६४१ जना रहेका छन् । उनले यो फाइजर खोपको पहिलो मात्रा भएको र अब २१ दिन पछि दोस्रो मात्रा दिइने जानकारी दिए ।

पौडेलले यस बिचमा कोरोना खोपको अभाव भएपनि रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले समन्वय गरेकै कारण लक्ष्य अनुसार खोप दिन सम्भव भएको जिकिर गरे । उनले छुटेका बालबालीकाहरु लाई दोस्रो मात्राको खोप लगाउदा समेटिने समेत जानकारी दिए । यो सगै रत्ननगरमा ५ वर्षमाथीका सबैले खोप प्राप्त गरेको पौडेलको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया