चितवन । यहि असार १७ गते (शुक्रबार) बकुलहर रत्ननगर अस्पताल, आँखा उपचार केन्द्रमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुने भएको छ ।
लायन्स क्लब अफ चितवन नेशनल पार्क, लायन्स क्लब अफ रत्ननगर पञ्चकन्या, नेपाल नेत्रज्योती संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा असार १७ गते (शुक्रबार) बिहान १० बजेदेखि मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुने लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याका अध्यक्ष सुवास पोख्रेलले जानकारी दिए ।
उनले मधुमेहका बिरामीहरुको लागि आँखाको परिक्षण एकदमै अनिवार्य हुने भएकाले लायन्स क्लब, नेत्रज्याती संघ र भरतपुर आँखा अस्पतालको सहकार्यक्रमा निशुल्क आँखा परिक्षण शिविर कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले बिहान १० बजेदेखि सुरु हुने शिविरमा सहभागी भएर मौकाको फाइदा उठाउँन समेत सबैलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया