चितवन । बकुलहर रत्ननगर अस्पताल, आँखा उपचार केन्द्रमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण गरिएको छ ।

लायन्स क्लब अफ चितवन नेशनल पार्क, लायन्स क्लब अफ रत्ननगर पञ्चकन्या, नेपाल नेत्रज्योती संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा आज (शुक्रबार) बिहान १० बजेदेखि दिउसो ३ बजे सम्म ३५ जना मधुमेहका बिरामीहरुको निशुल्क आँखा परिक्षण गरिएको लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याका अध्यक्ष सुवास पोख्रेलले जानकारी दिए ।

सो आँखा सिविरमा भरतपुर आँखा अस्पतालका प्रोफेसर डाक्टर सुनु दुलाल लगाएतको टिमले बिरामीहरुको आँखा परिक्षण गरेका थिए ।
लायन्स क्लब अफ चितवन नेशनल पार्कका अध्यक्ष राजु कायस्थको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, लायन्स डिस्ट्रिक एजुकेटिभ को चिफ निरज श्रेष्ठ, रत्ननगर बकुलहर अस्पतालका अध्यक्ष गोपाल कर्मचार्य लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया