रत्ननगर । लायन्स क्लव अफ रत्ननगर मिड नेपालको शुक्रवार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष सन २०२१/२२ का अध्यक्ष सुर्यप्रकास रेग्मीले २०२२/२३ का अध्यक्ष दिलीप सुवेदीलाई पद हस्तान्तरण गर्ने कार्यक्रम आज (रत्ननगरमा) सम्पन्न भएको हो । ।

वडा नं १० का वडाध्यक्ष कलाधार पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा मिड नेपालका संस्थापक अध्यक्ष सुरेशचन्द्र आचार्य, लायन्स क्लवका अगुवाहरु दीपेन्द्र खतिवडा,कृष्णलाल श्रेष्ठ,जगदिशचन्द्र शर्मा,ओमलाल सापकोटा,प्रकास शर्मा,पुष्पराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

बर्ष २०२१/२२ का अध्यक्ष सुर्यप्रकास रेग्मीले आफ्नो कार्यकाललाई सुखद बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै लायन्स क्लवको सामाजिक सेवा कार्यबाट टाडा नजाने बताए । नबनिर्वाचित अध्यक्ष सुवेदीले लायन्स क्लवको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सिद्धान्तको पालना गर्दै सामाजिक कार्यको उत्कृष्ट नमुना पेश गर्न प्रयत्नशिल रहने बताए ।

तपाईको प्रतिक्रिया