काठमाडौँ- देशभर आफ्नो शाखा बिस्तार गर्दै लगेको देशकै उत्कृष्ट मध्यको एक शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो पाँचौँ शाखाको शुभारम्भ गरेको छ । शुक्रवार ललितपुरको कुमारीपाटिमा एक कार्यक्रमका बिच पाँचौँ शाखाको औपचारिक उद्घाटन भए सँगै राइटपाथको सेवा ललितपुरका विद्यार्थीका लागि पनि विस्तार भएको हो ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा राइटपाथकि ब्रान्ड एम्बेस्डर पुजा शर्मा, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे, इक्यानका पुर्व अध्यक्ष विष्णुहरि पाण्डे र राइटपाथका सिइओ फिलिप डिसीले संयुक्त रूपमा राइटपाथ ललितपुरको कार्यालय उद्घाटन गरेका हुन्। कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका स्थापित व्यक्तित्वहरू सहित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमकी मुख्य आकर्षण बनेकी नायिका पुजा शर्माले राइटपाथले आफ्नो नाम जस्तै निरन्तर सही काम गर्दै आएकाले आजको स्थानमा आइपुगेको धारणा राखिन्। आफूले कलेज पढेको ठाउँ नजिकै भएको भन्दै राइटपाथ जस्तो विश्वसनीय संस्था नजिकै आइदिए हुन्थ्यो भन्ने आफ्नो चाहना अन्ततः पुरा भएको उनको भनाइ थियो। स्थापनाकाल देखि नै संस्थाले निरन्तर विद्यार्थी अभिभावकहरूको अधिक माया पाएको उल्लेख गर्दै उनले यो क्रम जारी रहे सयौँ शाखाहरू विस्तार गर्न सकिने बताइन्।

इक्यानका पुर्व अध्यक्ष विष्णुहरि पाण्डेले छोटो समयमै लोभलाग्दो सफलता हात पारेको भन्दै राइटपाथलाई बधाई तथा शुभकामना दिए । उनले विद्यार्थीको भविष्य र संस्था सञ्चालकको लगानी दुवै जोगाउँदै स्तरीय सेवा प्रदान गर्न सुझाव दिए । त्यस्तै इक्यानले जारी गरेका आचारसंहिता पालना गर्दै अझै धेरै विद्यार्थीहरूको मन जित्ने विश्वासका साथ उनले संस्थालाई शुभकामना दिए

यसैगरी इक्यान अध्यक्ष प्रकाश पाण्डेले राइटपाथले नयाँ शाखा विस्तार गरेकोमा बधाई दिँदै सबै शाखाहरूको उन्नतिका लागि शुभकामना दिए। राइटपाथ आफैँ राइटपाथमा भएकाले छोटो समयमै प्रगतिको शिखर चढेको भन्दै संस्थाले निरन्तर सही परामर्श दिनेमा इक्यान विश्वस्त रहेको उल्लेख गरे। इक्यान द्वारा जारी गरिएको “कोड अफ कन्डक्ट” निरन्तर पालना भइरहेको र भविष्यमा पनि त्यो जारी रहने उनको विश्वास थियो। कार्यक्रममै उनले विदेशमा शिक्षा किन भन्ने विषय पनि प्रस्ट पार्ने प्रयास गरेका थिए।

त्यस्तै राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले विद्यार्थी र अभिभावकहरूको माग अनुसार शाखा विस्तार गरिएको बताए। संस्थाको आज सम्मको सफलताको श्रेय आफ्ना कर्मचारीहरूको मेहनतलाई दिएका उनले आज सम्म प्राप्त साथ सहयोगका लागि सम्बद्ध सबैलाई धन्यवाद दिए। नेपाली विद्यार्थीहरू स्वदेशमै पढ्नुपर्छ भन्ने आफूहरूको पनि मान्यता रहेको भए पनि खोजेजस्तो अन्तर्राष्ट्रिय स्तरको शिक्षाको अभावका कारण त्यो सम्भव हुन नसकेको उल्लेख गरे। नेपाली विद्यार्थीहरूले विदेशमा शिक्षा सहित सिकेको सिप र त्यसले देशको आर्थिक उन्नतिमा दिएको योगदानको समेत चर्चा गरेका उनले निर्धारित नियमहरू बाहिर राइटपाथ कहिल्यै नजाने र गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने कम्पनीको मूल मर्म मर्न नदिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि राइटपाथले छोटो समयमै उदाहरणीय काम गरेको र सफल भएको भन्दै आगामी यात्राका लागि शुभकामना दिए। ६ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ पाँचौँ शाखा सम्म आइपुग्दा परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ । विशेषतः क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, अमेरिका आदि गन्तव्य अध्ययन गर्न जाने नेपाली विद्यार्थीको पहिलो रोजाइ यतिबेला राइटपाथ बनेको छ।

तपाईको प्रतिक्रिया