महेश पाण्डे
चितवन । सौराहामा हुने गरेको हात्ती वनभोज कार्यक्रम बिवादमा परेको छ । पर्यटन प्रवद्धन तथा बन्यजन्तु बासस्थान ब्यवस्थापन समितिले असार १६ गते हात्ती वनभोज कार्यक्रम सम्पन्न गरेपछि अहिले सो कार्यक्रम बिवादमा परेको हो ।

यसअघि क्षेत्रीय होटल संघ चितवन, रेवान, युनाइटेड हात्ती सञ्चालन सहकारी, नेचर गाइड एशोसियसन लगाएतको आयोजना तथा सहकार्यमा सौराहामा हुने गरेको कार्यक्रम यस पटक पर्यटन प्रवद्धन तथा बन्यजन्तु बासस्थान ब्यवस्थापन समितिले एकल रुपमा बिना सहकार्य र जानकारीमा केहि हात्तीहरु मात्रको उपस्थिति गराई गरेको आरोप होटल एशोसियसन अफ नेपाल लगाएत पाँच वटा संस्थाले लगाएपछि अहिले सो कार्यक्रम बिवादमा तानिएको हो ।

बनभोज कार्यक्रम सम्पन्न भएकै दिन क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई लगाएतको टिमले पत्रकार सम्मेलन गरि बागमती प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट पर्यटन प्रवद्धनको कार्यक्रम अन्र्तगत आएको ५ लाख रकम सक्नको लागिनै बिना जानकारी र सहकार्यमा बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठकोनै उपस्थितिमा केहि सिमित ब्यक्तिहरुले ४ वटा हात्तीलाई उपस्थिति गराई र केहि किलो फलफुल खरिद गरि रकम दुरुपयोग गरि कार्यक्रम गरिएकोमा गम्भिर ध्यानकर्षण भएको जनाएको थियो ।

सो पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले केहि अमुक ब्यक्तिहरुले मन्त्रालयबाट रकम ल्याई खर्चको बिवरण पनि सार्वजनिक नगरि कार्यक्रम गरिएको ले छानबिन हुनु पर्ने माग पनि गरेका थिए । त्यति मात्रै नभई उनले फेसबुकमा “हात्ती बनभोजको बारे सम्बन्धित मन्त्रालयले बेवस्था गरे अब हेटौडामा पत्रकार सम्मेलन गर्ने तयारीमा” भनेर स्टाटसनै लेखेका छन् ।
(यस्तो छ उनको फेसबुक स्टाटस)

हात्ती वनभोज बिवादमा परेपछि सो कार्यक्रमको आयोजक पर्यटन प्रवद्धन तथा बन्यजन्तु बासस्थान ब्यवस्थापन समितिले आज (शनिवार) सौराहामा पत्रकार सम्मेलन गरि खर्चको बिवरण सार्वजनिक गरेको छ भने सो दिनमा छुटेका हात्तीलाई गर्ने भनिएको बनभोज कार्यक्रम पनि स्थगित भएको जनाएको छ ।

संस्थाका कार्यबाहक अध्यक्ष टिका प्रसाद कंडेलले प्रेष बिज्ञप्ति जारी गर्दै क्षेत्रीय होटल संघ लगाएतका ५ वटा संस्थाले लगाएको आरोपको ध्यानाकर्षण भएको जनाउदै आर्थीक हिनामिना जस्तो गम्भिर लान्छना लगाएको प्रति दुःख ब्यक्त गरेका छन् ।

कंडेलद्धारा जारि गरिएको बिज्ञप्तिमा वनभोजको नाममा बागमती प्रदेश संस्कृति तथा पर्यटन मंन्त्रालयसँग कुनैपनि सम्झौता नभएको र पेश्की पनि नलिएको बताइएको छ । बिज्ञप्तिमा कार्यक्रम सम्पन्न भएपछि लागत खर्च हेरी त्यसको आधारमा भुक्तानि गर्ने मौखिक सहमति मात्रै भएको र हाल सम्म वनभोजको नाममा २ लाख २२ हजार २ सय १४ रुपैया खर्च भएको जनाइएको छ ।
(यस्तो छ बिज्ञप्ति सहित खर्चको बिवरण)

तपाईको प्रतिक्रिया