चितवन । लक्ष्मी बैंक पर्सा शाखाले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आज (आईतबार) निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चौधरी पोलि–क्लिनिक प्रा.लि. र चितवन डेन्टलको प्राविधिक सहयोगमा आयोजना भएको उक्त स्वास्थ्य शिविरमा मुख्य गरी हाइपरटेन्सन, मधुमेह र दन्त रोगहरुको निःशुल्क जाँच गरिएको थियो ।
लक्ष्मी बैंकको पर्सा शाखाकै परिसरमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा १५० भन्दा बढीको स्थास्थ्य परिक्षण गरिएको बैंकका पर्सा शाखा प्रमुख शन्तोष कंडेलले जानकारी दिए ।
लक्ष्मी बैंक सन् २००२ मा स्थापना भएको ‘क’ वर्गका वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आइटि च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्यभर ५० जिल्लामा १४२ शाखा, १३ एक्सेन्शन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेका छन् ।