रत्ननगर । नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ नामक संस्थाले रत्ननगरमा मानसिक स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । आइतवार सो संस्थाले रत्ननगर १ निपनीमा केन्द्रको स्थापना गरेको हो । मानसिक रोगीको उपचार र मनोरामर्शको लागि जिल्लामै पहिलो पटक सो स्वास्थ्य केन्द्र सञ्चालन गर्न लागिएको केन्द्रका अध्यक्ष संजय यादबले जानकारी दिए ।

गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिसंग सम्झौता गरि सो स्वास्थ्य केन्द्र सञ्चालन गर्ने गरी गरिएको हो । अध्यक्ष यादवका अनुसार आइतवार केन्द्रबाट एक महिना पछि विरामीको उपचार सुरु गर्ने तयारी रहेको छ । सो स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर सहित मनोचिकित्सक र मनोपरामर्श दाताले विरामीको स्वास्थ्य परीक्षण गर्ने नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका निर्देशक डा.किरण पौडेलले जानकारी दिए ।

डा. पौडेलले दुई बर्ष भित्र २५ शैया र पाँच बर्ष भित्र १०० शैय्याको मानसिक अस्पताल सञ्चालन गर्ने गरी केन्द्रको स्थापना गरिएको बताए । स्वास्थ्य केन्द्रको उद्घघाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले मानसिक रोगको उपचार र रोकथामका लागि राज्यले आवश्यक ध्यान दिन नसकेको बताए । खनालले राज्यले केही गरेको भन्न नमिल्ने तर रोगको भयाबहलाई हेर्दा आवश्यक ध्यान भने जान नसकेको जिकिर गरे ।

सो कार्यक्रममा रत्ननगर वडा नं. १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, बरिष्ठ मानसिक रोग विशेषज्ञ डा.गिरिराज भन्त्वना, प्राइम नेपालकी उपाध्यक्ष पार्वती पाण्डे, रत्ननगर उद्योग बाणिज्य संघका महासचिव निराजन खनाल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेल, मनोचिकित्सक डा.खगेन्द्र काफ्ले, कमल भूषाल लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया