महेश पाण्डे
चितवन । रत्ननगर नगरपालिकको नगर सभा सम्पन्न भएपनि सो सभालाई उप–मेयर यादव पाठक र नेकपा एमालेका जन प्रतिनिधिले भने बहिस्कार गरका छन् । असार १० गते सुरु भएको नगर सभामा उपस्थित रहेका उप मेयर पाठक र नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधिले उक्त दिनको सभामा सहभागिता जनाएको भएपनि आज (बुधबार) सम्पन्न भएको नगर सभामा भने सहभागिता जनाएनन् ।

बुधवार सम्पन्न हुने नगर सभाको कार्यसुचिमा उप–मेयर पाठकले न्यायिक समिति, राजश्व परामर्श समिति र योजना अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको भएपनि पाठकको अनुपस्थितिमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर पौडेलले सो प्रतिवेदन वाचन गरेका थिए ।

सो सभामा लेखा समितिको प्रतिवेदन एमालेबाट वडा अध्यक्ष बनेका वडा नं. १५ का वडा अध्यक्ष आशिक तामाङ्ले प्रस्तुत गर्ने कार्यक्रम भएपनि उनि पनि उपस्थित थिएनन् । यसरि भन्दा उप–मेयर पाठक तथा उनको दल एमालेबाट निर्वाचित कोही पनि जन प्रतिनिधिको नगर सभामा उपस्थिति रहेको थिएन ।

प्रमुख प्रशासकिय अधिकृत शिसिर पौडेलले उप–मेयर पाठक बिरामी भएको कारणले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिएपनि नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै पाठकले आफु बिरामी भएको कुरा सत्य भएको तर बिरामी भएको कारणले मात्रै पनि सभामा उपस्थिति नभएको भने होइन भन्ने जानकारी दिए ।

उनले भने “कुनै पनि समिति बनाउदा छलफल नगर्ने, एजेण्डाको बारेमा जानकारी नहुने, प्रशासनिक खर्च कम गरौं, बिकास खर्च बढाऔं भन्दा नमान्ने अनि जे लेख्यो त्यो पास गर्नु पर्ने भएपछि नगरसभामा आउनुको के औचित्य भयो ।”

तपाईहरुले सभा बहिस्कार गर्नु भएको हो ? भन्ने हाम्रो प्रश्नमा उप–मेयर पाठकले बहिस्कारनै हो नभने पनि पहिलाको मेयर र उप मेयरको आ–आफ्नै कार्यक्रम हुने गरेको भएपनि यस पटक आफुलाई कार्यक्रम नपारिएको बताउदै बहुमतले मात्रै निर्णय गरेर कसरी हुन्छ भनेर प्रति प्रश्न गरे ।

उनले नगरपालिकामा असार मसान्तमा खर्च गर्ने प्रवित्ति बढी भएको बताउदै बिना काममा भत्ताको लागि बैठक बस्ने गरिएकोमा पनि आफ्नो आपत्ति रहेको जिकिर गरे । उप–मेयर पाठकले भुमिहिनलाई लालपुर्जा छिटो बाड्ने भनिएको भएपनि पहिलेको कार्यविधिमा छलफल गर्न नखोजि अगाडी बढ्न खोजिएकोमा पनि आफ्नो असन्तुष्टि रहेको बताए ।

उनले यस अघिको नगरमा एमालेबाट मेयर हुँदा कांग्रेसलाई ५–६ वटा समितिको संयोजक दिइने गरेको स्मरण गराउदै अहिले भने एमालेको भागमा खासै समितिको संयोजक नदिइएकोमा पनि आपत्ति जनाए । उनले भने “हाम्रा मागहरु सम्बोधन भएनन् र हामीलाई बाइपास गरेर जाने खालको रणनिति देखेपछि म लगाएत हाम्रो टिमले नगरसभामा सहभागिता नजनाएको हो ।”

यसै बिच बुधवार सम्पन्न नगर सभामा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले बिभिन्न १८ वटा निर्णयहरु प्रस्तुत गरेका थिए । मेयर सापकोटाको निर्णयको साथमा आर्थिक वर्ष २०७९÷८० को निति, कार्यक्रम तथा बजेट बहुमतले पास गर्दै रत्ननगरको नगर सभा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया