
चितवन । भरतपुर अस्पतालको भर्याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज (बिहिबार) दिउँसो २ः३० बजेको समयमा भरतपुर अस्पतालको सि ब्लकको भर्याङ मुनी १/२ दिनको जस्तो देखिने नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो ।
फेला परेको शिशु बालिका रहेको र उनको सोही अस्पतालको एनआईसियुमा राखी उपचार भई रहेको प्रहरीले जनाएको छ । अहिले ति बालिकाको अबस्था सामान्य रहेको र उनलाई कस्ले त्यसरी बेवारिसे अवस्थामा छाडेर गएको हो भनी खुल्न नसकेकाले अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।