चितवन । नेपाल सरकार, सपना भिलेज सोसियल इम्प्याक्ट र चेन्ज फर नेपालले संयुक्त रुपमा श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोसाक सहयोग गरेका छन् ।

नेपाल सरकारले माझी, मुसहर, दलित तथा पिछडिएका वर्गका बिद्यार्थीहरूलाई मात्र केन्द्रीत गरेर विद्यालय पोसाक (सर्ट र पाईन्टको थान कपडा) उपलब्ध गराएको भएपनि जातिवाद र धनी गरीबको सोच परिवर्तन हुनु जरुरी छ सबै विद्यार्थी लाई समान व्यवहारको आवश्यकता भन्ने सोचका साथ सपना भिलेज सोसियल ईम्प्याक्ट र चेन्ज फर नेपालले नयाँ तरीकाले एक मुस्ट सबै विधार्थीहरूलाई विद्यालय पोसाक सहयोग गरेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

श्री माध्यामिक बिद्यालय चित्रसारी विद्यालय व्यवस्थापन समिति तथा रत्ननगर नगरपालिका वडा नंः ८ कार्यालयको अनुरोध मा सपना भिलेज सोसियल इम्प्याक्ट र चेन्ज फर नेपालले बाकी रहेका सम्पूर्ण विद्यार्थीहरूलाई पोशाक तथा सिलाई खर्च रु ३०० का दरले वितरण गरेको गिरीले जानकारी दिए । गिरीका अनुसार सो कार्यक्रममा सपना भिलेजको तर्फबाट रूः एक लाख असी हजार खर्च गरिएको छ । हाल सो विद्यालयमा जम्मा ३८९ जना बिद्यार्थीहरु अध्यनरत छन् ।

अध्यक्ष गिरीले सपना भिलेजले विगत ५ वर्ष देखी सो विद्यालयमा शुद्ध पिउने पानी, खेलकूदका पोसाक तथा सामग्री, शैक्षिक सामग्री, लाईवे्ररी लगायत साना विद्यार्थीहरूलाई नियमित खाजा खुवाउने कार्यक्रमहरू गर्दै आएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद बस्नेतको अध्यक्षतामा भएको सो पोसक बितरण कार्यक्रममा रत्ननगर वडा नंः ८ का वडा अध्यक्ष कृष्ण चौधरी, बिद्यालयका प्रधानाध्यापक सुर्य प्रसाद लामिछाने, वडा सदस्यहरू, शिक्षक ÷ शिक्षीका एवम् अविभावकहरूको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया