चितवन । लायन्स क्लब अफ रत्ननगर स्टारले रत्ननगरमा निशुल्क सार्वजनिक शौचालय सुरु गरेको छ । देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा रत्ननगरको बकुलहरमा लायन्स क्लब अफ रत्ननगर स्टारले निशुल्क सार्वजनिक शौचालयको सुरुवात गरेको हो । सो निशुल्क सार्वजनिक शौचालयको बुधवार रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले उद्धघाटन गरे ।

प्रमुख अतिथी समेत रहेका मेयर सापकोटाले खुल्ला दिशामुक्त नगर घोषणासँगै नगरक्षेत्र भित्र विभिन्न स्थानमा सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन गराउदै पूर्ण सरसफाई नगर बनाउनेतिर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

रत्ननगरको हरिहर पाटि प्यालेस र होटल पौवामा विवाह तथा अन्य सभासमारोहमा आउने व्यक्तिहरुलाई सहज गराउनका लागि सो शौचालय निर्माण गरिएको लाईन्स क्लव अफ रत्ननगर स्टारका अध्यक्ष लायन डा. योगेन्द्रराज पन्तले बताए ।

रत्ननगरलाई व्यवस्थित नगरका रुपमा विकास गर्नका लागि शौचालयले सहयोग पु¥र्याउने उनले बताए ।

शौचालय उद्धघाटन कार्यक्रममा पिएम जेएफ डिष्ट्रिक गभर्नर लायन सिद्धार्थलाल चुके, लायन दिनानाथ न्यौपाने, लायन सुरेशकुमार श्रेष्ठ, लायन दिपेन्द्र खतिवडा, लायन योगेन्द्र नाथ अधिकारी, लायन सुर्य रेग्मी लायन निरज श्रेष्ठ, लायन सुरेश आचार्य लगाएतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया