चितवन । भरतपुरमा परिचय नखुलेका एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (बिहिबार) बिहान ०७ः१० बजेको समयमा भरतपुर म.न.पा.१ स्थित प्राकृतिक योग चिकित्सालय बागेश्वरीको मेन गेट छेउमा बन्दै गरेको पर्खालको बाहिर पट्टी परिचय नखुलेका एक पुरुषको शव फेला परेको हो ।

प्रहरीले ति पुरुषको उमेर ३५/४० को जस्तो देखिएको र उनको शव घोप्टो परी मृत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीले घटनास्थलबाट शवको जाँच मुचुल्का गर्ने लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाईएको र थप अनुसन्धान जारी रहेको बताएको छ । मृत भेटिएका ति ब्यक्तिको हाल सम्म सनाखत हुन नसकेकोले प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया