महेश पाण्डे
चितवन । लायन्य क्लब अफ रत्ननगर पञ्चकन्याको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सौराहामा एक भव्य कार्यक्रमका बिच क्लबको पहिलो स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

३६ जना सदस्य रहेका सो क्लबमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई डिष्ट्रिक गभर्नर सिद्धार्थ लाल चुकेले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पछि बोल्दै गभर्नर चुकेले वर्ष भरि गरेको कार्यक्रको लागि सो क्लबको मुक्त कण्ठले प्रशंसा गरे ।

क्लबका अध्यक्ष सुवास पोख्रेलले सो कार्यक्रममा भर्खरैमात्र क्लबको सदस्यता लिएका सदस्यहरुलाई स्वागत गर्नुका साथै वर्षभरि आफुले गर्ने कार्यको बारेमा सबैलाई जानकारी दिएका थिए ।

उनले आफु क्लबमा आफु भन्दा कम भाग्यमानीको सेवाको लागि दोस्रो कार्यकालका लागि पनि अध्यक्ष भएर अगाडी बढेको जिकिर गरे । उनले यो वर्षमा पनि सामाजिक सेवाका लागि आफु र आफ्नो क्लब सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै रत्नननगर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष शुन्दरमणी सुवेदीले सो क्लबले चाहना राखेमा वडा नं. १२ मा भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन आफु तयार रहेको बताए ।

क्लबका प्रथम उपाध्यक्ष विष्णुहरी पन्तले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनरद्धय राजकुमार श्रेष्ठ, प्रभात कुमार जोशी, रत्ननगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कलाधर पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया