चितवन । रत्ननगर नगरपालिकाले ब्यवसाय पहिचानको लागि ब्यवसायीले राखेका होडिङ बोर्डमा पनि कर लगाउने निर्णय गरेपछि रत्ननगर उवासंघले आपत्ति जनाएको छ ।

संघका कार्यवाहक अध्यक्ष शंकर गिरीले आज (बिहिबार) एक प्रेस बिज्ञप्ति जारी गर्दै नगरपालिकाले नगर क्षेत्रमा ब्यवसाय गर्ने ब्यवसायीहरुले आफ्नो पहिचानको लागि राखेको होडिङ बोर्डमा बिज्ञापन करको नाममा असुलिका लागि भनेर असार २७ गते पत्र पठाएकोमा त्यस तर्फ गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

गिरीद्धारा जारी सो बिज्ञप्तिमा नगरपालिकाले गरेको निर्णय ब्यवसाय मैत्री भएर नआएमा उद्योगी ब्यवसायीहरुको साथमा रहेर आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउन संघ बाध्य हुने कुरा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया