चितवन । रत्ननगर नगरपालिका वडा नं. ८ मा गैंडाको आक्रमणमा परि एक जना घाईते भएका छन् । घाईते हुनेमा सोही स्थानमा बस्ने ३१ वर्षिया कुन्दन लामा रहेको प्रहरीले जनाएको छ ।

आज (मंगलबार) बिहान १०ः०० बजेको समयमा घर नजिकै रहेको बागमारा सामुदायिक वनमा न्युरो टिप्न गएका लामालाई गैंडाले अचानक आक्रमण गर्दा उनि घाईते भएका थिए । अनुहार र छातिमा चोट लागि घाईते भएका लामाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको र अहिले उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया