
चितवन । नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका छन् । बिहिबार बेलुका ५ः०० बजेको समयमा भरतपुर–१ जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार पार्कको चौतारामुनी सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला चितवन भरतपुर –२ क्षेत्रपुर बस्ने बर्ष ४५ को रमेश खनाल चिप्लिएर नारायणी नदिमा खसेर बेपत्ता भएका हुन् । हाल उनको खोजि कार्य चलिरहेको प्रहरीले जनाएको छ ।