चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले रत्ननगर–१ मा रहेको बकुलहर माध्यामिक बिद्यालयलाई डस्टबिन बितरण गरेको छ । आईतबार क्लबले एक कार्यक्रमको आयोजना गरि स्कुललाई फाइबरबाट निर्मित डस्टबिन बितरण गरेको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि रत्ननगर–१ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले बिद्यालयलाई सफा राख्न र बिद्यार्थीमा फोहोर सधै डस्टबिनमा मात्रै राख्नु पर्छ भन्ने बानीको बिकास गर्न पनि यस्ता कार्यक्रमले सहयोग पुग्ने जिकिर गरे ।

कार्यक्रममा डिष्ट्रिक चिफ दिपेन्द्र खतिवडा, क्लस्टर चिफ ओमलाल सापकोटा, स्कुलकी प्रधानाध्यापक कमला ढकाल, रिजन चेयर पर्शन प्रकाश शर्मा, डिष्ट्रिक प्रोग्राम मेम्बर किशोर चालिसे, जोन चियर पर्शन सुर्य प्रकाश रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष दिलिप सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संयोजन टुकानाथ आचार्य तथा शंकर पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया