चितवन । पूर्वी चितवनको राप्तिमा हिड्दा हिड्दै बेहोस भएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार बिहान ०७ः०० बजेको समयमा राप्ती न.पा.४ सिँहचोकमा हिड्दा हिड्दै बेहोस भएका एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ति चौकीडाँडामा बस्ने ४५ वर्षका पिचक बि.क.रहेको प्रहरीको भनाई रहेको छ । हिंडि रहेका अबस्थामा एक्कासी लडेका बि.क. बेहोस भएका थिए ।
बेहोस भएका बि.क.लाई तत्कालै उपचारका लागि भरतपुर अस्पताल भरतपुर तर्फ पठाईएकोमा उनकोे उपचारको क्रममा विहान ०८ः०५ बजेको समयमा मृत्यु भएको प्रहरीको भनाई रहेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा मृतक बि.कलाई मृगी रोगी भएको भन्ने बुझिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया