चितवन । पूर्वी चितवनको राप्तिमा डिब्बा ट्रकको ठक्करबाट साईकलमा सवार एक जना गम्भिर घाईते भएका छन् ।

प्रहरीका अनुसार सोमबार बेलुका ०५ः१० बजेको समयमा पूर्वी चितवनको राप्ती न.पा.३ झुरझुरे स्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना८ख २४२३ नम्बरको डिब्बा ट्रकले बिपरित दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल चालक जिल्ला राप्ती न.पा.१२ एउरालिटार बस्ने बर्ष २६ वर्षका दिपक थिङ गम्भिर घाईते भएका हुन् ।

गम्भिर घाईते भएका थिङको उपचारको लागि भरतपुरको नया मेडिकल कलेज तर्फ पठाईएको र ठक्कर दिने ट्रक र ट्रक चालक ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । हाल सो स्थानमा ईप्रका भण्डाराबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटीएको र बाटो अबरोध भने नभएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया