
चितवन । ने. क. पा.(माओवादी केन्द) को भातृ संगठन उद्योग ब्यापार संघ रत्ननगर नगर समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आज (बुधबार) रत्ननगरमा सम्पन्न भएको सो अधिवेशनले १७ सदस्यि नया समिति चयन गरेको छ ।
बुधबार भएको अधिवेशनबाट अध्यक्षमा ठाकुर सिंखडा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा उत्तम घिमिरे, सचिवमा प्रकाश मणी सापकोटा, कोषाध्यक्षमा मदन दुवाडी, सह–सचिवमा नवराज बगाले, सह–कोषाध्यक्षमा बुद्धी बगाले र सदस्यहरुमा क्रमशः दिपक गौतम, राजन भट्ट, बिकास पौडेल, नारायण भट्ट, अर्जुन खतिवडा, मदन अधिकारी, लक्ष्मी पौडेल, हरी श्रेष्ठ, राजेन्द्र भट्ट र भरत पाण्डे चयन भएका छन् ।
संघका अध्यक्ष पुरु खनालको अध्यक्षतामा सम्पन सोही अधिवेशनले संघको जिल्ला प्रतिनिधिको रुपमा अनिल अधिकारी, प्रल्हाद ठाकुर, उत्तम घिमिर र किशोर बगालेलाई चयन गरेको छ ।