चितवन । नारायणी नदिमा हाम फालेका आचार्यको प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीका अनुसार आज (बुधवार) दिउसो ०१ः४५ बजेको समयमा नारायणी नदिको पुलबाट भरतपुर म.न.पा.४ बैद्यिक टोल बस्ने ४९ वर्षीया बाबुराम आचार्यले नारायणी नदिमा हाम फालेको थिए ।

आचार्य नारायणी नदिमा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी निरिक्षकको कमाण्डमा बिपद ब्यबस्थापन सहितको उद्दार टोली खटी उनको सकुशल उद्धार गरिएको प्रहरीको जनाएको छ । नारायणी नदिबाट सकुसल उद्धार गरिएका आचार्यको भरतपुर अस्पतालमा उपचार भइरहेको र उनि अहिले बोल्न सक्ने अबस्थामा रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया