
चितवन । भरतपुरमा कार र अटो एक आपसमा ठक्कर खाँदा आठ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहिबार दिउसो ०१ः५० बजेको समयमा भरतपुर म.न.पा. ५ बिकाश चोक स्थित भित्री सडक खण्डमा भरतपुरबाट गितानगर तर्फ आउदै गरेको ग३च ३९२२ नं. को कार र बिपरित दिसाबाट जाँदै गरेको ना २ ह ४६५ नं. को अटो एक आपसमा ठक्कर खाँदा अटो र कारमा सवार आठ जना घाईते भएका हुन् ।
घाईतेको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेका दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र कार चालक भने फरार रहेकाले उनको खोजतलास भैरहेको छ ।
घाईतेहरुको नाम र अवस्था निम्नानुसार रहेको छ ः–
१) अटो चालक भरतपुर म.न.पा. २१ पार्बतिपुर बस्ने बर्ष ४० को मनराज गुरुङ, अवस्थाः मध्यम
२) अटोमा सवार रुपन्देही भैरहवा बस्ने बर्ष ३० कि बिमला गुरुङ, अवस्थाः मध्यम ।
३) रुपन्देही भैरहवा बस्ने बर्ष ४को आयुश शाही, अवस्थाः सामान्य ।
४) नवलपुर देवचुली १४ बस्ने बर्ष १५ कि रमिता गुरुङ, अवस्थाः मध्यम ।
५) नवलपुर देवचुली बस्ने बर्ष ६ कि सरुजा सिँजालि मगर, अवस्थाः मध्यम ।
६) नवलपुर देवचुली बस्ने बर्ष १४ को सरोज सिँजालि मगर, अवस्थाः सामान्य ।
कारमा सवार ;–
१) कास्की पोखरा म.न.पा. ४ बस्ने बर्ष ४५ कि सिता गुरुङ, अवस्थाः मध्यम ।
२) सोही कारमा सवार ऐ. १० बस्ने बर्ष ३४ कि शसि थापा, अवस्थाः सामान्य