चितवन । भरतपुरमा ट्रक र एम्बुलेन्स एक आपासमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते भएका छन् । शुक्रबार राति. ०९ः१० बजेको समयमा भरतपुर म.न.पा. ०४ पिपलचोक स्थित चौबिसकोठी रामपुर सडक खण्डमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रामपुरबाट चौबिसकोठी तर्फ आउदै गरेको ना.१ क. २९४० नं. को ट्रक र बिपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०६–००१ च०००१ नं. को एम्बुलेन्स एक आपसमा ठक्कर खांदा एम्बुलेन्स चालक भरतपुर म.न.पा. ०४ बस्ने बर्ष ५० का चन्द्रकान्त तिवारी गम्भिर घाईते भएका हुन् ।

घाईते तिवारीको हाल भरतपुर स्थित नयां मेडिकल कलेजमा उपचार भइरहेको र उनको अनुहार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले दुर्घटनामा परेका दुबै सवारी साधन र ट्रक चालक जि.प्र.का. चितवनको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया