महेश पाण्डे
चितवन । २०७९ को स्थानिय तहमा निर्वाचित भएर रत्ननगर नगरपालिकामा आएका नव निर्वाचित जनप्रतिनिधिहरुले १०० दिनमा गरेका कामको जानकारी आज (शुक्रबार) पत्रकार सम्मेलन गरि दिइएको छ । नगरपालिकाको शभाहलमा पत्रकारहरुलाई रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले आफुहरु नगरपालिकामा निर्वाचित भएर आएपछि १०० दिनमा गरेका कामहरुको जानकारी गराएका हुन् ।

मेयर सापकोटाले यो सय दिनमा रत्ननगरमा रहेका ३२०० बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गर्ने गरि आवश्यक बजेट बिनियोजन गरि कार्य अगाडी बढाइएको जानकारी दिए । उनले पशुपालन क्षेत्रलाई बढोत्तरी गर्ने लक्ष्य अनुरुप किसानलाई दुधमा प्रति लिटर १ रुपैया अनुदान तथा घाँसमा विशेष सहुलियत दिनेगरि कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखि कार्य अगाडी बढाईएको बताए ।

मेयर सापकोटाले नगरभित्रका अति बिपन्न बर्गको पहिचार गरि औषधि उपचारको लागि सहायता कोष स्थापना गरि कार्यन्वयनमा ल्याइएको बताउदै यसबाट अति बिपन्न बर्गको सजिलै स्वास्थ्य सेवामा पहँुच पुगेको जिकिर गरे ।

उनले नगर भित्र मुख्यगरि मुल सडक र सौराहा क्षेत्रलाई लक्षित गरि उज्यालो रत्ननगर अभियान अन्र्तगत सौर्य लाईट जडान कार्य सुरु गरिएको बताए । सापकोटाले बिपन्न तथा न्यून आय भएका नागरिकलाई लक्षित गरि नगरप्रमुख उद्यमशिलता कार्यक्रम मार्फत जिविकोपार्जन तथा आयआर्जन कार्यक्रम अगाडी बढाईएको जानकारी दिए ।
उनले नगरभित्र रहेका बाँझो जमिनको उपयोग गर्ने तथा सामूहिक रुपमा जग्गा भाडामा लिई सामूहिक खेती गर्ने कार्यक्रमको लागि आवश्यक बजेट बिनियोजन गरि कार्य अगाडी बढाईएको बताए । मेयर सापकोटाले नगर क्षेत्र भित्रको मुख्यगरी राजमार्ग आसपासका फुटपाथ बजार र अव्यवस्थित पार्किङ्गलाई ब्यवस्थित बनाउने कार्य गरिएको जानकारी दिए ।

उनले जेष्ठ नागरिक तथा सुत्केरी महिलाको लागि घरभेट कार्यक्रम अन्र्तगत १६ वटै वडामा ८० वर्ष माथिका जेष्ठ नागरिकको र सुत्केरी महिलाको घरघरमा पुगि स्वास्थ्य जाँच तथा सुगर प्रेसर परिक्षण गर्ने कार्य सञ्चालन गरिएको जानकारी दिए । मेयर सापकोटाले शैक्षिक विज्ञहरुसँग शैक्षिक अन्र्तक्रिया कार्य सम्पन्न गरि प्राविधिक गुणस्तरिय शिक्षामा जोड दिइएको बताउदै १० वर्षे नगर शिक्षा योजनाको निर्माणको कार्य थालनी गरिएको जानकारी दिए । उनले नगरमा रहेका बिद्यालयमा ८ कक्षा सम्म पठन पाठन गराउने गरी स्थानिय पाठ्यक्र निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । मेगर सापकोटाले नगरको बिकासको लागि ५ वर्षे आवधिक योजना बनाई बिकास निर्माणको काम गर्ने गरि योजना बनाउने कार्य सुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा उपस्थित रहेका नगरपालिकाका उप–प्रमुख यादव प्रसाद पाठकले १०० दिनमानै धेरै परिवर्तन नदेखिने भएकाले बिस्तारै नगरपालिका र नगरलाई सुधार्दै लैजाने बताए ।

उनले आफुहरुले बिकास निर्माणसँगै अनुगमनलाई पनि त्यतिकै ध्यान दिएको बताउदै नगरको बिकासको लागि जनप्रतिनिधि र नगरपालिका मात्रै नभएर सबैको साथ र सहयोग रहेमा रत्ननगरलाई स्वस्च्छ, शान्त र शुन्दर नगर बनाउन सकिने धारणा ब्यक्त गरे ।

सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुवेदी, १६ वटै वडाका वडा अध्यक्ष, नगर सभा सदस्य, नगरपालिकाका कर्मचारी तथा पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले प्रस्तुत गरेको स्थानिय सरकारका १०० दिने कामको उपब्धिलाई हेरौं ३० बुंदामाः–

तपाईको प्रतिक्रिया