महेश पाण्डे
चितवन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नया नेतृत्व दलिय भागबण्डाबाट चयन गरिएको छ । जस अनुसार अध्यक्षमा नेपाली कांग्रेसका नेता माधवप्रसाद अर्याल सर्वसम्मत चयन भएका छन् ।
देशभर कुनैपनि चुनावमा पछिल्लो समय गठबन्धन भर्सेज नेकपा एमाले हुने गरेको भएतापनि रत्ननगर खानेपानीमा भने सबै दल एक भएर नेतृत्वको टुँङ्गो लगाएका हुन् । यसरी रत्ननगर खानेपानीमा भएको सहमतिले जनतामा सकारात्मक शन्देश जाने नेतृत्वले बिश्वास लिएको छ ।
रत्ननगर खानेपानीको १२औं बार्षिक साधारण सभा तथा छैंठौं अधिवेशनले अर्याललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा, सचिवमा एमालेका प्रताप डल्लाकोटी र कोषाध्यक्षमा एकीकृत समाजबादीकी सरस्वती लामा निर्विरोध चयन भएका छन् ।
त्यस्तै महिला सदस्यमा एमालेबाट लक्ष्मीदेवी लामिछाने र मीना श्रेष्ठ, माओवादी केन्द्रबाट शशीकला प्रधान तथा खुल्ला सदस्यमा कांग्रेसबाट केशवनारायण श्रेष्ठ र इश्वर प्रसाद खनाल चयन भएका छन् । लेखा समिति संयोजकमा माओवादी केन्द्रका जीवनलाल नगरकोटी र सदस्यहरुमा कांग्रेसबाट कृष्णप्रसाद घिमिरे र समाजबादीबाट पार्वती घिमिरे चयन भएका छन् ।
रत्ननगर खानेपानीको सहमतिको आधारमा कार्यसमिति निर्माणका लागि कांग्रेसका नगर सभापति समेत रहेका रत्ननगरका मेयर प्रल्हाद सापकोटा संयोजकत्वमा कार्यदल बनाइएको थियो । यसरी चार प्रमुख नगर नेतृत्वको कार्यदलले पद बाडफाँड गरी खानेपानीको कार्य समिति सर्बसम्मत चयन गरेका हुन् ।