चितवन । नेपाल खेलकुद महासंघको खैरहनीको अध्यक्षमा शिव प्रसाद उप्रेती चयन भएका छन् । खेलकुद महासंघको प्रथम अधिवेशनले २९ सदस्यिय खैरहनी कमिटी गठन गरेको हो । जसको अध्यक्षमा उप्रेती चयन भएका ह्ुन् । महासंघको उपाध्यक्षमा रोशन आचार्य र गुरास राना मगर, सचिवमा राजकुमार दराई, सह–सचिवमा पशुपति खड्का र केशव दराई, कोषाध्यक्ष सागर अधिकारी चयन गरिएको छ ।

सोही अधिवेशनले २५ सदस्यिय राप्ती नगर कमिटी पनि सर्वसम्मत रुपमा गठन गरेको छ । महासंघको राप्ती नगर कमिटीको अध्यक्षमा प्रमोद धरेल, उपाध्यक्षमा विजय चौधरी र आशिका गुरुङ, सचिवमा धुव्र खत्री, सह–सचिवमा बुद्ध लामा र सुजन लामा र कोषाध्यक्षमा अनिष लामिछाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मिलन रुम्बा, रेशम पुन, सुशान्त घलान, रोशन तामाङ, सुक बहादुर तामाङ, विशाल गम्बो, विनोद बर्ताैला र कपिल चौधरीलगायत चयन भएका छन् ।

अधिवेशनमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य जेएन थपलिया रहेका थिए । साथै कार्यक्रममा खेलकुद महासंघको स्थायी कमिटी सदस्य पुष्प जोशी, एमाले जिल्ला कमिटी सदस्य केशव भट्टराई, अनेरास्ववियु स्थायी कमिटी सदस्य स्वरुप सुयाल, खेलकुद महासंघका केन्द्रिय सदस्य सुरज थपलिया, अनेरास्ववियू संगठन विभाग प्रमुख प्रकाश कालाखेती लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रम खैरहनीमा दिपेन्द्र खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया