चितवन । बजाज कम्पनिले पल्सर १२५ एनएस मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । युवाहरुमाझ निकै लोकप्रिय रहेको पल्सरबाइकलाई एनएस १२५ सिसीमा नया बिशेषता सहित बजाज कम्पनिले बजारमा ल्याएको हो ।

देशभरनै सो बाइकलाई सार्वजनिक गरिरहदा रत्ननगर–१० बकुलहरमा रहेको निशास मोटर्सले पनि शुक्रवार एक कार्यक्रमका बिच पल्सर १२५ एनएस सार्वजनिक गरेको हो । निशास मोटर्समा रहेको पल्सर १२५ एनएस मोटरसाइकलको पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले रिवन काटेर सार्वजनिक गरेका गरे ।

मोटरसाइकलको बिशेषताका बारे जानकारी दिदै निशास मोटर्सका सञ्चालक सञ्जिव थापाले नेपाली ग्राहकमाझ १२५ एनएसले छुट्टै स्थान बनाउनेमा आफु बिश्वस्त रहेका बताए । उनले १२५ सिसिको एनएस पृथक डिजाइन, उत्कृष्ट परर्फमेन्स एवम् आरामदायीका साथै विभिन्न विशेषताहरुले सु–सुज्जित रहेको जानकारी दिए ।
थापाका अनुसार एनएस १२५ मा डिटिएस आइ इन्जिन, एक्जास टेक, लामो ह्विल वेस, डिजिटल डिस्प्ल, डिसी लाइट, डिसी इग्नीसिसन सिस्टम, वाइड टायर, एन्टीस्किड ब्रेकिङ सिस्टम तथा साइडस्ट्याण्ड सेन्सर रहेको छ ।

यसैबिच सञ्चालक थापाका अनुसार नेपालीहरुको महान चाडपर्व बडा दर्शै, तिहार र छटलाई लक्षीत गर्दै कम्पनीले आधाको आधामा फाइनान्स सुविधा पनि उपलब्ध गराउने भएको छ । उनले उक्त मोटरसाइकल २ लाख ७९ हजार ९ सय रुपैयाँ मुल्य कायम गरेको जानकारी दिदै मोटरसाईकलको कुल लागतको चार भाग रकम जम्मा गरेर फाईनान्स गर्न सकिने बताए । थापाले एउँटा मोटरसाईकलको खरिदमा रु ७ हजार छुटको पनि व्यवस्था गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया