चितवन । पछिल्लो समय युकेमा गएर पढ्न चाहाने बिद्यार्थीको संख्या बढ्दै गएपछि बिद्यार्थीहरुलाई सहज ढंगबाट शैक्षिक परामर्श दिने उद्देश्य सहित राईटपाथ करियर काउन्सेलीङ चितवनले एड्भोएसँगको सहकार्यमा शनिबार बृहत सेमिनार सम्पन्न गरेकाे छ ।

बिहान १० बजेदखि बेलुका ५ बजे सम्म भरतपुर गार्डेन रिसोर्टमा भएकाे सेमिनारमा क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हाले कार्यक्रममा सहभागी हुन आएका ३०० बढी बिद्यार्थीलाई युकेमा क्याम्ब्रिज एजुकेशन ग्रुप अन्तर्गत रहेका १२ वटा बिश्वबिद्यालयकाे बारेमा जानकारी दिएका थिए ।


संस्थाका चितवन प्रमुख सुरज पौडेलले शनिबारकाे सेमिनार युके र क्यानडा केन्द्रित भएकाे बताउदै कार्यक्रममा सहभागी भएका बिद्यार्थीको जिज्ञासा सो कार्यक्रमको आकर्षण रहेका क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हाले मेेटाएकाेमा आफु बिश्वस्त रहेकाे बताए ।


राईटपाथ करियर काउन्सेलिङका केन्द्रिय अध्यक्ष तथा एडभोयका नेपाल प्रमुख फिलिप डिसीले हालका दिनमा युके र क्यानडा अध्ययनका लागि नेपाली विद्यार्थीहरूको रोजाइको प्रमुख गन्तब्य भएको बताउदै शनिबारकाे सेमिनारमा सहभागी रहेका बिद्यार्थीले अबका दिनमा कसरी शैक्षिक भिषामा युकेमा जानका लागि पाइला सार्ने भन्ने जानकारी लिएकाे बताए ।

युकेमा बिद्यार्थी पठाउन अग्रिणी संस्था रहेकाे राइटपाथले काठमाण्डौ, हेटौडा हुँदै चितवनमा शनिवार सेमिनार सम्पन्न गरे लगत्तै आइतबार बुटवलमा पनि सेमिनारको आयोजना गरेकाे छ ।

तपाईको प्रतिक्रिया