अजित अधिकारी
चितवन । चितवन क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारीको उम्मेदवारी रहने भएको छ । उनी प्रतिनिधिसभा तर्फ गठबन्धनका साझा उम्मेदवार रहने छन् ।

आज भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहने भनिएतापनि उनले एक्कासी गोरखा रोजेपछि आज पार्टीले यस्तो निर्णय गरेको पार्टी श्रोतले जनाएको छ ।

उम्मेदवार बन्न लागेका डा. अधिकारी भरतपुर अस्पतालका अध्यक्ष एवम पुष्पाञ्जली अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर हुन् ।

तपाईको प्रतिक्रिया