अजित अधिकारी
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले आइतबार चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउदै पत्रकारहरुसंग आफ्नो प्रतिस्पर्धी कोही पनि नरहेको बताएका छन् ।
नेता पाण्डेले आँफु राजनीतिमा लागेदेखि नै एउटै क्षेत्रबाट चुनाव लड्दै आएको र अरु जस्तो जनतालाई झुटा आश्वासन दिएर काम नगरी अर्को निर्वाचन क्षेत्र रोज्दै भाग्ने नेता आँफु नरहेको बताएका छन् ।
उनी भन्छन् म जस्तोसुकै परिस्थितिमा पनि जनताको साथमा छु । मलाई सानो बच्चादेखि बृद्ध सम्मकाले चिन्ने भएको हुँदा र मैले हिजो हार्दा हुँदा होस् या जित्दा गरेको काम देखेर जनताले आँफुलाई नै बिजयी गराउने बताए ।
बि.स. २०७० सालमा पाण्डे तत्कालीन ५ बाट बिजयी भइ संविधानसभा सदस्य समेत भएका थिए । अहिले साविक ५ नम्बर क्षेत्र हाल चितवन ३ मा पर्छ । २०७४ को चुनावमा नेता पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए । त्यो बेलामा एमाले र माओवादी केन्द्र एकता गर्ने गरी बनेको बामगठबन्धनसंग उनी पराजित भएका थिए ।
भने यसपाली प्रचण्ड गोर्खा २ मा गएपछि नेता पाण्डेलाई चुनाव जित्न सहज हुने बिश्लेषण गरिएको छ ।