अजित अधिकारी
चितवन । चितवन क्षेत्र नं. ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका डा. भोजराज अधिकारीले प्रचण्डको बाँकी सपना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उनले यो संगै निकुञ्जका कारण सिर्जित समस्या र निकुञ्ज भित्र सडक स्तरोन्नति र कालोपत्रे जस्ता योजनाहरु अगाडि सार्ने बताएका हुन् ।

माडीको बसन्तपुरमा नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले आयोजना गरेको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै डा. अधिकारीले भौतिक बिकास निर्माण र जनताको आर्थिक समृद्धि र स्वरोजगारको प्रत्याभूति गराउने उल्लेख गरे । यसैगरी उनले, विशेषज्ञ सहितको मोबाइल अस्पताल लगाएतका ठुला योजना अगाडि बढाउने बताए ।

माओवादी केन्द्रका माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्र प्रदेश, र स्थानीयस्तरका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया