अजित अधिकारी
चितवन क्षेत्र नं. ३ मा पाँच दलीय गठबन्धनबाट प्रदेशसभा उम्मेदवार बनेका निवर्तमान नगर प्रमुख ठाकुर प्रसाद ढकालले समग्र चितवनको बिकासमा जोड दिदै माडीमा बाँकी रहेका योजना र कामहरु अगाडि बढाउने तथा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवं भौतिक विकासमा थप काम अगाडि बढाउने बताएका छन् ।
शुक्रबार माडीको बसन्तपुरमा नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले आयोजना गरेको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष ‘प्रचण्ड’ माडीका जनतासंग भेट्न आउन लागेको बताए ।
ढकाल माडीका एकमात्र ज्युँदा नेता मानिनुका साथै निडर र साहसी नेताको रूपमा चिनिन्छ्न् । ढकाल बारम्बार निकुञ्ज प्रशासन र केन्द्रसंग माडीका समस्या अवगत गराउदै समस्या समाधान गराउन ठाडो चुनौती दिदै आएका छन् ।
यतिमात्र नभई उनले हालै बर्षातलाई मध्यनजरगर्दै सम्पन्न हुन नसकेको मगोई खोलाको पुलमा अस्थायी तरिका अपनाएर साना गाडी र साइकल, मोटरसाइकल, र अटो तथा पैदल हिड्न मिल्ने ब्यबस्था गराएका थिए । तर निकुञ्ज प्रशासनले उनलाई खबरदारी गर्दापनि उनले निकुञ्ज प्रशासनका अगाडि म बिनासका लागि राजनीति गरेको होइन, जनता बचाउँनका लागि राजनीति गरेको बताएका थिए ।
ढकाल यिनै कारणबाट नै जनतामाझ लोकप्रिय छन् । दुई कार्यकाल साबिक गर्दी गा.वि.स अध्यक्ष समेत रहि काम गरेका थिए ।