चितवन
फुटपाथ कब्जा गर्ने नारायणगढका ब्यवसायीलाई भरतपुर महानगरपालिकाको वडा नम्बर १ ले फुटपाथका सामाग्री हटाउन थालेको छ । सटर भाडामा लिएका ब्यवसायीले फुटपाथमा सामाग्री राखेपछि वडा कार्यालयले त्यसलाई हटाउन थालेको छ । मानिसलाई आवातजावतमा कठिनाइ भएपछि वडाध्यक्ष केशव महर्जनले फुटपाथ खाली गर्ने अभियान सुरु गरेका हुन् ।

सटरभित्रै सामान राख्न आग्रह गर्दै अटेर गरेर सामान जफत गर्ने चेतावनी दिएका छन् । सुरुमा नगर प्रहरीले आफै भित्र सामान राखिदिएका थिए । बजारलाई ब्यवस्थि गर्न फुटपाथबाट काम सुरु गरेको वडाध्यक्ष महर्जनले बताए ।

नगर प्रहरीको टोलीले नारायणगढको बालकुमारी रोड , लायन्स चोक , शहिद चोक , भृकुटी पथ , पुतली बजारका पसल अघि फुटपाथमा राखिएका सामान हटाउन लगाउका थिए । अनुगमनको क्रममा फेरी सामान राखिउको भेटिए सामान जफत गरिने वडाध्यक्षले बताए ।

तपाईको प्रतिक्रिया