अजित अधिकारी
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उम्मेदवार बिक्रम पाण्डेले बिकास र जनताका लागि भए हलोमा भोट, राजनीतिलाई जिताउने भए मेरो भन्नु केहि छैन भन्ने प्रतिक्रिया दिएका छन् ।

मंगलबार पार्टी कार्यालय उद्घाटन गर्न माडी आएका नेता पाण्डेले आँफु बि.स. २०५४ सालदेखि चाहे हार्दा होस् त चाहे जित्दा जहिलेपनि माडीबासीको साथमा रहेको बताएका छन् ।

बाटोघाटो पुल पुलेसा र ईलाका प्रशासन कार्यालय र नापी आँफुले नै माडीमा ल्याएको जिकिर गर्दै यो चुनावमा जनताले आँफुलाई नै बिजयी गराउने प्रतिक्रिया दिएका हुन् ।

यसैगरी उनले, यसपाली नेपाली काँग्रेस, र नेकपा एमालेको आफ्नै उम्मेदवार नरहेको कारण आफ्नो जित सुनिश्चित रहनेमा आँफु बिस्वस्त रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया